स्वास्थ्य र आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनीत
बिहीबार, ११ पुस २०८१, १३ : ४०
काठमाडौँ । नेपाली कांग्रेसले स्वास्थ्य विभाग र आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन गरेको छ । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।
स्वास्थ्य विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव रहेका छन् । मनोनयन भएका सदस्यहरूमा डा. लक्ष्मीराज पाठक, कैलाली, डा.मुक्तिराम श्रेष्ठ, अर्घाखाँची, डा. अनिलकुमार झा, सप्तरी, डा. सुमन कर्माचार्य, रामेछाप, डा. सुशीलनाथ प्याकुरेल, ललितपुर, श्यामचन्द्र यादव, धनुषा, ईश्वर कार्की, झापा, श्री विष्णुप्रसाद भट्टराई, स्याङ्जा, पूजा फुयाँल, सोलुखुम्बु र वुधिसरा सुनुवार, सुर्खेत रहेका छन् ।
आर्थिक नीति तथा योजना विभागको प्रमुखमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल छन् । मनोनयन भएका सदस्यहरूमा प्रा. विनय कुसियत, धनुषा, प्रा.डा. रश्मी राजभण्डारी, काठमाडौँ, डा. सुदन ओली, रोल्पा, डा. ईशा घर्ती, लम्जुङ, डा. रेवतबहादुर कार्की, ओखलढुंगा, डा. प्रताप छत्कुली, धादिङ, डा. राजेन्द्र वीर चन्द, कैलाली, अमरबहादुर रोकाय, सुर्खेत, राजकुमार त्रिपाठी(आर.के.), धादिङ र होमप्रसाद घिमिरे, ललितपुर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण