समितिमा विधेयक होल्ड भएकाले समयसीमा तोक्न नियमावली संशोधन गर्ने तयारी
काठमाडौँ । सत्तामा रहेका दलहरू संसद् बैठक सञ्चालन नियमावली संसोधन गर्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलको बिहीबार बसेको बैठकले संसद् बैठक उक्त निर्णय गरेको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार समितिहरूमा विधेय वर्षौ सम्म होल्ड भएर बस्ने परम्पराको अन्त्य गर्न नियमावली संशोधन गर्ने निर्णय भएको जानकारी दिए । यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
‘कतिपय विधेयक समितिमा ५‚६ वर्ष सम्म अड्केर बस्ने भए । त्यसकारण यसलाई समय सीमा निर्धारण गर्नुपर्यो भन्ने निचोडमा हामी पुगेका हौँ‚’ उनले भने‚ ‘नियमावली संशोधन गरेर समितिहरूले विधेयकको महत्त्व अनुसार २‚४ वा ६ महिना कतिमा हुन्छ अनिवार्य संसद्मा फर्काउने बाध्यकारी बनाउने भन्ने विषयमा छलफल भयो ।’
घिमिरेका अनुसार आजको बैठकले विधेयकहरू छिटो पास गर्न अन्य दलका सचेतकहरूसँग पनि समन्वय गरेर अघि जाने विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसका लागि एमाले मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेलाई जिम्मेवारी दिइएको छ । समितिको अर्को बैठक पुस १८ गते बस्ने निर्णय भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण