त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहको तयारी पूरा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहको तयारी पूरा भएको छ । शनिवार दशरथ रंगशालामा हुन लागेको दीक्षान्त समारोहमा १४ हजार ३०८ विद्यार्थी सहभागी हुँदैछन् ।
जसअनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिल तहका ६३ जना र पीएचडीका १२२ जना विद्यार्थी दीक्षान्त समारोहमा गाउनसहित सहभागी हुनेछन् ।
त्रिवि प्रवक्ता एमानसिंह बोहराका अनुसार ६२ औँ ग्रेस लिस्टमा समावेश ७४ हजार १४९ विद्यार्थीले ट्रान्सक्रिप्ट लिएका थिए ।
दीक्षान्त समारोहमा सहभागी हुनेहरूका सवारी साधन पार्किङका लागि विभिन्न तीन ठाउँ तोकिएका छन् । जसमा विद्यार्थी र अभिभावकहरूका सवारी साधन सैनिक मञ्च टुँडिखेल, अतिथि, शिक्षक कर्मचारीहरूका सवारी साधन परराष्ट्र मन्त्रालय, कन्सुल शाखा कार्यालयको हाताभित्र र शिक्षक कर्मचारीका सवारी साधन वर्ल्ड ट्रेड सेन्टरको पार्किङ स्थलमा व्यवस्था गरिएको प्रवक्ता बोहराले बताए ।
दीक्षान्त समारोह पश्चात् मूल प्रमाणपत्र वितरण गरिनेछ । त्यसका लागि व्यवस्थापन संकायका सबै विषयको प्रमाणपत्र वितरणका लागि रंगशालाको अगाडिको राष्ट्रिय खेलकुद परिषद्को पार्किङ स्थलमा राखिएको काउन्टर नम्बर १ देखि २५ सम्मका काउन्टरबाट वितरण हुने प्रवक्ता बोहराले बताए ।
त्यस्तै अन्य मानविकी, शिक्षा, कानून, विज्ञान, इन्जिनियरिङ, चिकित्सा, कृषि र वन विज्ञान अध्ययन संस्थान तथा संकायको सैनिक मुख्यालय अगाडि तथा रंगशालाको ब्ल्क ए को ८ देखि १० को गेट पछाडिमा रहेका काउन्टरबाट वितरण हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण