अखिल क्रान्तिकारीमा ३२ वर्षे हदम्याद तोक्न कास्कीबाट दुईतिहाई समर्थन
शनिबार, १३ पुस २०८१, १९ : ११
पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)मा नेतृत्वका लागि ३२ वर्षे हदम्याद तोक्ने पक्षमा कास्कीले दुई तिहाइले समर्थन जनाएका छन् । अनेरास्ववियु कास्कीले शनिबार मतदान गरेर हदम्यादको छिनोफानो लगाएको हो ।
उमेर हद सम्बन्धी भएको निर्वाचनमा खसेको ६८ मत मध्ये ५६ जना पक्षमा उभिएका छन् । बाँकी १२ जनाले उमेर हद तोक्न नहुनेमा मतदान गरे । अखिल क्रान्तिकारीमा उमेर हदबारे मतभेद थियो । केन्द्रले नै मतदानबाट उमेर हदको टुङ्गो लगाउने निर्णय गरेपछि कास्कीमा मतदान भएको केन्द्रीय उपाध्यक्ष प्रविना अधिकारीले जानकारी दिइन् ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि पुस १५ गते निर्वाचन हुनेछ । त्यसअघि उमेर हदमा विवाद भएपछि देशैभरबाट निर्वाचन गरेर निर्णय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण