जुनियर सिरिजमा भारतको दबदबा
काठमाडौँ । काठमाडौँमा जारी योनेक्स सनराईज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ मा भारतको दबदबा रह्यो । भारतीय खेलाडीहरूको दबदबा रहेको प्रतियोगिताको पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो ।
आज सम्पन्न सेमिफाइनल खेलको पुरुष एकल तर्फ भारतका अंश नेगीले भारतकै साइ प्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । अव नेगीले भारतका सुर्यक्ष रावतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । रावतले विश्वजित चौधरीलाई २४–२२, २१–१२ ले पराजित गरेका थिए ।
महिला एकल तर्फ पारु चौधरीले इशिता नेगीलाई २१–१८, २१–१३ ले पराजित गर्दै फाइनल प्रवेश गरिन् । पारुले अव उपाधिका लागि मेधावी नागर सँग प्रतिस्पर्धा गर्नेछिन् । नागरले दिया भिमैयालाई २१–१२, २१–१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन् ।
मिक्स युगल तर्फ गर्व शानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगति परिदाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधि निकट पुगे । अर्को सेमिफाइनलमा भाव्य छावरा र आङ्गेल पुनिराको जोडी जित हात पार्यो । उक्त जोडीले बिजोन जैसन र आन्या विष्टको जोडीलाई २३–२५, २१–१५, २१–१९ ले पराजित गर्दै फाइनलमा शानी र नेगीको जोडीसँगको भेट पक्का गरे ।
पुरुष युगल तर्फ भाव्य छाबरा र परम चौधरीको जोडी लाई पराजित गर्दै उपाधि निकट पुगे । उक्त जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१–१२, २१–११ ले पराजित गरेका हुन् । अर्को खेलमा दिभ्यांस अग्रवाल र नीरज केशरीको जोडीले जित हात पारे । उक्त जोडीले सी. लालरामसँग र सौरभ साहुको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएईका ४, इरानका ३, न्युजिल्याण्डका २ तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १÷१ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण