बैतडीको लगनमा पहिलोपटक बिजुली पुग्यो
शनिबार, १३ पुस २०८१, २३ : ०२
बैतडी । बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो ।
लामो पर्खाइपछि बत्ती बाल्न पाएपछि स्थानीय बासिन्दा खुसी रहेका भएका छन् । गाउँपालिका –३ का वडाअध्यक्ष अमरसिंह धामीले पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा निकै खुसी भएका र यस्तै खुसी ल्याउन बिजुली नपुगेका ठाउँमा विस्तारका लागि पहल भइरहेको बताए ।
उनले पालिकाका ठूलीसैनी लगन, चामडाया, पैरा, मल्लीसैनीलगायतका टोलमा चाँडै बत्ती बाल्ने गरी काम भएको जानकारी दिए । “धेरै प्रयासपछि यहाँ विद्युत् विस्तार भएको छ । अब बाँकी रहेका टोलका लागि पनि वडा नं ३ कै चमडेखर्कमा ट्रान्सफर्मर जडानको काम भइसकेको र ती क्षेत्रमा छिट्टै बिजुली बाल्ने छौँ”, वडाअध्यक्ष धामीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण