अखिल क्रान्तिकारीभित्र विवाद हुँदा मतपरिणाम सार्वजनिकमा ढिलाइ
आइतबार, १४ पुस २०८१, ०९ : २०
काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने कि नलगाउने भनेर गरिएको निर्वाचनको मतगणना स्थगित भएको छ । आन्तरिक विवादका कारण मतगणना स्थगित भएको हो ।
यद्यपि प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले भूगोल र गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचन सम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकाले मतगणना स्थगित गरिएको जिकिर गरेका छन् । ती कागजपत्रहरू प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने र परिणाम सार्वजनिक गरिने उनको भनाइ छ ।
शनिबार बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म उमेरहदको पक्ष र विपक्षमा मतदान भएको थियो । उमेरहदको टुङ्गो लागेपछि अखिल क्रान्तिकारी नेतृत्व छनोटको लागि १७ गते निर्वाचन हुँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण