अभिनेत्रीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु
आइतबार, १४ पुस २०८१, १५ : ५८
मुम्बई । चर्चित मराठी अभिनेत्री उर्मिला कोठारेको कारले मुम्बईको कान्दिवलीमा दुई मजदुरलाई ठक्कर दिएको छ । यस दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ ।
घटना शुक्रबार राति भएको बताइएको छ । उर्मिला र उनका चालक पनि घाइते भएका छन् । उर्मिला राति सुटिङ सकेर घर फर्कँदै गर्दा यो घटना बताइएको छ । उनको कारले पोइसर मेट्रो स्टेसन नजिकै काम गर्ने दुई मजदुरलाई कुचेको थियो ।
रिपोर्टका अनुसार उर्मिलाका चालकले तीव्र गतिमा गाडी चलाइरहेका थिए । त्यसपछि अचानक उनले नियन्त्रण गुमाए। कारको एयरब्याग खुल्दा उर्मिला र उनका चालकलाई सामान्य चोट लागेको थियो तर कारको ठक्करबाट एक मजदुरको ज्यान गएको छ ।
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । चालक विरुद्ध समतानगर प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण