१३ हजार भारु तलब पाउने युवकले जब प्रेमिकालाई फ्ल्याट र हिरा जडित चश्मा उपहार दिए
नयाँ दिल्ली । भारतको महाराष्ट्रमा मासिक १३ हजार भारु तलब पाउने एक युवकले आफ्नी प्रेमिकाका लागि महँगो फ्ल्याटका साथै हिरा जडित चश्मा, बहुमूल्य उपचार खरिद गरेको पाइएको छ ।
सरकारी खेल परिसरमा कम्प्युटर अपरेटरको काम गर्ने हर्षकुमार क्षीरसागर नाम गरेका ती युवकले आफ्नो लागिसमेत एक करोड ३० लाख भारुको एसयुभी कार, एक करोड २० लाखको बीएमडब्ल्यु कार, ३२ लाखको बीएमडब्ल्यु बाइकसमेत खरिद गरेको पाइएको छ ।
प्रहरीले हर्षलाई पक्राउ गरेको छ । उनका सहकर्मी यशोदा शेट्टी र यशोदाका पति बीके जीवनलाई पनि पक्राउ गरेर अनुसन्धान थालेको छ ।
उनीहरूले सरकारी खाताबाट २१ करोड रुपैयाँ हिनामिना गरेको पाइएको प्रहरीको भनाइ छ । सोही रकमबाट हर्षले आफू र आफ्नी प्रेमिकाका लागि महँगा सामान किन्ने गरेको पनि प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार हर्षले आफ्नो नयाँ ईमेल अकाउन्ट खोलेका थिए जो स्पोर्टस् कम्प्लेक्सको ईमेल अकाउन्टसँग मिल्दोजुल्दो थियो । उनले पुरानो लेटरहेड प्रयोग गरी बैंकलाई नयाँ ईमेल अकाउन्ट अपडेट गर्न पत्र पठाए । सोही अनुसार बैंकले हर्षद्वारा खोलिएको नयाँ ईमेल अकाउन्ट अपडेट गरिदियो । त्यसपछि बैंक खातामा हर्षको पहुँच पुग्यो ।
स्पोर्ट्स कम्प्लेक्सको खातामा रहेको रकमबाट हर्षले २१ करोड भारु १३ फरकफरक खातामा इन्टरनेट बैंकिङका माध्यमबाट ट्रान्सफर गराए । गत जुलाइ १ देखि डिसेम्बर ७ सम्ममा उनले २१ करोड रकम आफ्नो खातामा ल्याइसकेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण