जर्जियामा बाहिरिँदै गरेकी राष्ट्रपतिले छाड्न मानिनन् पद

त्बिलिस । जर्जियामा नयाँ राष्ट्रपतिको कार्यभार सुरु भएको छ । नयाँ राष्ट्रपति मिखेल काभेलाश्भिलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्दा पनि पूर्व राष्ट्रपति सालोमी जुराबिच्भिलीले भने पद छाड्न मानेकी छैनन् । आफू मात्रै एक्लो वैधानिक राष्ट्रपति भएको उनको तर्क छ ।
जर्जिया ड्रिम पार्टीले अक्टोबरमा भएको संसदीय निर्वाचनमा जित हासिल गरेको थियो । तर धोकाधडीको आरोपसँगै सडकमा हजारौँ सर्वसाधारण उत्रिए पार्टीको उक्त दिन छायामा परेको छ । यस्तोमा बाहिरिँदै गरेकी राष्ट्रपति जुराभिचिभिलीले पद छाड्न मानेकी छैनन् ।
राष्ट्रपति भवनबाहिर जम्मा भएका भीडलाई सम्बोधन गर्ने क्रममा जुराबिच्भिलीले आफूले राष्ट्रपति भवन छाड्ने तर नयाँ राष्ट्रपतिलाई अवैधानिक मान्ने बताएकी थिइन् । वैधानिक राष्ट्रपति बसे मात्रै राष्ट्रपति भवन प्रतीकको रूपमा रहने उनको तर्क थियो ।
जर्जियाका चार मुख्य विपक्षी दलले काभेलाश्भिलीको जित अस्वीकार गर्दै संसद् बहिष्कार गरेका थिए । काभेलाश्भिली जर्जियन ड्रिम पार्टीका पूर्व सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा
-
भिजिट भिसा प्रकरणमा रास्वपाको बटमलाइन : गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीले जवाफ
-
राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै
-
पर्सामा एक कामदारको मृत्यु
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
-
सुदूरपश्चिम प्रदेशको स्थानीय सेवा सम्बन्धी विधेयक बहुमतबाट पारित