नेतृत्व चयनका लागि हुने अखिल क्रान्तिकारीको निर्वाचन सर्यो
काठमाडौँ । ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्नका लागि हुने अखिल क्रान्तिकारीको निर्वाचन अब माघ १२ गतेमात्रै हुने भएको छ । यसअघि पुस १७ गते निर्वाचन हुने भनिएकामा केन्द्रीय निर्वाचन समितिले मतदान हुने मिति सार्ने निर्णय गरेको हो।
‘निर्वाचनको कार्यक्रम २०८१ पौष १५ गते मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा विशेष कारणबस उक्त कार्य तालिका संशोधन गरी निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार आगामी २०८१ माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु गरी मतदान कार्य आगामी २०८१ माघ १२ गते शनिवारका लागि तोकिएको छ,’ प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जारी गरेको सूचनामा उल्लेख छ ।
अन्य कार्यतालिका पछि प्रकाशित गरिने उनले बताए । यसअघि शनिबार ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेबारे निर्णय लिन मतदान भएको थियो । जसमा उमेर हद लगाउन हुँदैन भन्ने पक्षधर पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण