टिजरमा यस्तो देखियो प्रियंका अभिनित ‘ममी’
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘ममी’को टिजर सार्वजनिक गरिएको छ । हरर जनरामा निर्माण भएको फिल्मको टिजरले कथावस्तु प्रस्ट्याउन खोजेको छ ।
टिजरमा घरमा पालिएको कुकुरको दुःखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्ति देखाउन खोजेको छ ।
आगामी माघ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा प्रियंकाको अलवा दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारको अभिनय छ ।
ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन छ । समरको यो डेब्यु फिल्म हो ।
लोकराज जोशी, पूर्णिमा जोशी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुमन कोइराला हुन् । फिल्म काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण