हारपछि भारतीय कप्तान रोहित शर्माले के भने ?
मेलबर्न । मेलबर्न क्रिकेट मैदानमा भएको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेको छ । हारपछि भारतीय कप्तान रोहित शर्माले यो निकै निराशाजनक रहेको बताएका छन् ।
उनले भने– ‘हामीले अन्तिमसम्म लड्न चाहन्थ्यौँ तर दुर्भाग्यवश हामीले त्यसो गर्न सकेनौँ। पूरै खेलको कुरा गर्ने हो भने हामीले अवसर पाएका थियौँ तर त्यसलाई सदुपयोग गर्न सकेनौँ।’
‘हामीले राम्रो खेल्न सकेनौँ। आफ्नो ड्रेसिङ रुममा फर्किएपछि मैले टोलीको रूपमा हामीले अरू के गर्न सक्थ्यौँ भनेर सोचेँ,’ शर्माले भने, ‘हामीले हाम्रो विकेट बचाउने प्रयास गर्यौँ र अन्तिम दुई इनिङ्सका लागि प्लेटफर्म सेट गर्यौँ, तर तिनीहरू (अस्ट्रेलिया)ले राम्रो बलिङ गर्यो।’
मेलबर्न टेस्टमा जितसँगै अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीमा २–१ को अग्रता बनाएको छ । यस खेलको दोस्रो इनिङ्समा यशस्वी जैसवाल र ऋषभ पन्त बाहेक कुनै पनि भारतीय ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् । भारतलाई जितका लागि ३४० रन आवश्यक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण