पवन कल्याणले भने- अल्लु अर्जुनको गिरफ्तारी सही
अमरावती । आन्ध्र प्रदेशका उपमुख्यमन्त्री तथा अभिनेता पवन कल्याणले सोमबार पुष्प-२ का अभिनेता अल्लु अर्जुनको गिरफ्तारीलाई सही ठहराएका छन्। यद्यपि, मंगलागिरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले ४ डिसेम्बरमा फिल्मको प्रिमियरका क्रममा भागदौडमा महिलाको मृत्यु हुनुमा अल्लु अर्जुन पूर्ण रूपमा जिम्मेवार नरहेको पनि बताएका हुन् ।
वास्तवमा, यस वर्ष आन्ध्र प्रदेश विधानसभा चुनावमा पवन कल्याण र अल्लु अर्जुन बिच तनावको खबर आएको थियो। चुनाव अघि अल्लु वाईएसआर कांग्रेस पार्टीका विधायक सिल्पा रविचन्द्र किशोर रेड्डीको समर्थनमा नन्दयाल सीटमा गएका थिए। पवन कल्याण यही सिटबाट चुनाव लडेर आन्ध्र प्रदेशको उपमुख्यमन्त्री बने। यसपछि पवन कल्याण र अल्लु अर्जुनबिचको सम्बन्धमा चिसोपनको खबर आएको थियो, जसलाई पछि दुवैले अस्वीकार गरेका थिए ।
अल्लु अर्जुनलाई यही डिसेम्बर १३ मा पक्राउ गरिएको थियो । उनी तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि राति रिहा भएका हुन् ।
नियमित जमानतको सुनुवाइ सोमबार हुने थियो तर हैदरावादको नामपल्ली अदालतले सोमबार सुनुवाइ ३ जनवरीसम्मका लागि स्थगित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण