अहिलेको सरकार नटिके व्यवस्था टिक्दैनः सभापति बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अहिलेको सरकार टिकेन भने व्यवस्था नटिक्ने बताएका छन् । वर्तमान एमाले र कांग्रेस गठबन्धनको सरकार बलियो जगमा उभिएको समेत उनको दाबी थियो ।
४९ औँ मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरद्वारा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले कसैको पद जोगाउन अहिलेको गठबन्धन गरेको नभएको बताए ।
सरकारले जिम्मेवार जबाफदेही बनेर युवा पलायन रोक्न, रोजगारी सृजना, उत्पादन र उत्पादकत्व बढाउने विषयमा काम गर्नुपर्ने उनले बताए । वर्तमान सरकारले नराम्रो गरेको नगरेको तर, नागरिकमा आशा जगाउन पनि नसकेको उनको भनाई छ ।
अर्को प्रसङ्गमा उनले देश मिलाउन सक्ने क्षमता राख्ने कांग्रेस आन्तरिक विवादमा अल्झिएको बताए । कांग्रेसको आन्तरिक विवाद समाधान नहुँदा पार्टीलाई क्षति पुगिरहेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण