लुम्बिनी प्रदेश सभा बैठक : प्रदेश प्रमुखले सन्देशसहित फिर्ता पठाएका विधेयक पेस हुँदै
बुधबार, १७ पुस २०८१, ०९ : २३
बुटवल । लुम्बिनी प्रदेश सभा पाँचौँ अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रदेश प्रमुखले सन्देश सहित फिर्ता पठाएको दुईवटा विधेयक सम्बन्धी प्रस्ताव पेस हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
यस्तै प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्मीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गर्ने र प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण