चीनले सार्वजनिक गर्यो विश्वकै सबैभन्दा छिटो दौडिने रेलको नमुना
बेइजिङ । चीनले विश्वमा सबैभन्दा छिटो दौडिने रेलको प्रोटोटाइप अर्थात् नमुना सार्वजनिक गरेको छ । चीनको यातायात मन्त्रालयका अनुसार डिसेम्बर २९ मा बेइजिङमा सार्वजनिक गरिएको सीआर४५० अधिकतम ४५० किमी प्रति घण्टाको गतिसम्म दौडिएको छ । यसको सञ्चालन गति भने ४०० किमी प्रतिघण्टा हुने बताइएको छ ।
व्यावसायिक सेवामा आएपछि यो विश्वको सबैभन्दा छिटो गुड्ने रेल हुनेछ । अहिले यो रेकर्ड चीनकै सीआर४०० मोडलसँग छ । यो मोडल सन् २०१७ मा पहिलो पटक सेवामा आएको थियो । यो प्रतिघण्टा ३५० किमीका दरले कुद्छ । सीआर४५० मोडल सीआरआरसी चाङ्गचुन रेल्वे भेइकल र सीआरआरसी साइफाङ कम्पनी लिमिटेडले मिलेर बनाएका हुन् ।
सार्वजनिक गर्नु अघि मेकरहरूले यो रेलको प्रोटोटाइपमा ३ हजार भन्दा धेरै सिमुलेशन गराएका थिए भने २ हजारभन्दा धेरै प्लेटफर्ममा परीक्षण गराएका थिए ।
व्यवसायीक रूपमा सञ्चालन गर्नका लागि यसले सबै मापदण्ड पूरा गर्छ कि गर्दैन भन्ने सुनिश्चित गर्न भने रेल्वे लाइनमा टेस्ट गर्नु पर्नेछ । परीक्षणमा उत्तीर्ण भयो भने आवश्यक हेरफेर गरेर व्यावसायिक रूपमा सञ्चालनमा ल्याइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण