माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
बुधबार, १७ पुस २०८१, १४ : ५२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् ।
छलफलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालगायत रहेका छन् ।
यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो भने पुस १५ गते एकीकृत समाजवादीको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा अभियानका तर्फका नेताहरूको व्यवस्थापनबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण