माधव नेपाल र वामदेव गौतमबिच आलोकनगरमा छलफल
बुधबार, १७ पुस २०८१, १४ : ५२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबिच छलफल भएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दुई नेतासहित दुवैतर्फका वार्ता टोली सदस्यहरू सहभागी छन् ।
छलफलमा अध्यक्ष नेपालसहित उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, उपमहासचिव रामकुमार भट्टराई, सचिवहरू सावित्रा भुसाल, गणेश विक, स्थायी कमिटी सदस्य बलराम बाँस्कोटालगायत रहेका छन् ।
यसअघि पुस ४ गते गौतम निवासमा नेपाल र गौतमबिच वार्ता भएको थियो भने पुस १५ गते एकीकृत समाजवादीको कार्यालयमा वार्ता भएको थियो । उक्त वार्तामा अभियानका तर्फका नेताहरूको व्यवस्थापनबारे छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने