केन्द्रीय श्रम सल्लाहकार परिषद्मा १० जना सदस्य मनोनीत
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केन्द्रीय श्रम सल्लाहकार परिषद्मा सदस्यहरू मनोनीत गरेको छ । मन्त्रालयले रोजगारदाताहरू र ट्रेड युनियन महासंघहरूको तर्फबाट प्रतिनिधित्व गर्ने १० जनालाई सदस्यमा मनोनीत गरेको हो ।
जसअनुसार मन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट ट्रेड युनियनको तर्फबाट ५ जना र रोजगारदाताहरूको तर्फबाट ५ जना सदस्यमा मनोनीत गरेका छन् । श्रम सम्बन्धी विषयमा नेपाल सरकारलाई परामर्श दिन श्रम ऐन, २०७४ को दफा १०२ मा व्यवस्था भए अनुसार परिषद् रहने व्यवस्था छ ।
जसमा रोजगारदाताहरू र ट्रेड युनियन महासंघबाट समेत सदस्य हुने व्यवस्था छ । ट्रेड युनियनको तर्फबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुमार कुँवर, नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिम्खडा, महिला समिति (एएनटीयू) का संयोजक बिष्णु थापा मगर, राष्ट्रिय प्रजातन्त्रिक ट्रेड युनियन महासंघकी महिला प्रमुख अनुमा कोइराला सदस्य रहेका छन् ।
त्यस्तै रोजगारदाताहरुको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग परिसंघ सदस्य छाया शर्मा, नेपाल चेम्बर अफ कमर्स उपाध्यक्ष दिपक श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, र होटल संघ नेपालका अध्यक्ष विनायक शाह सदस्य मनोनीत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण