काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन माग गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले ‘उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ अनुसार १० दिनको समय दिएर आवेदन दिन माग गरेको हो ।
योग्य व्यक्तिहरूले ललितपुरको बालकुमारीमा रहेको स्कुल अफ म्यानेजमेन्टमा आवेदन दिन सक्नेछन् ।
यसअघि उपकुलपति छान्न काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । समितिका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै उम्मेदवार कुनै पनि विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्ति हुनुपर्नेछ ।
आगामी माघ ६ गतेदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेपछि नयाँ प्रक्रिया थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण