संसदीय समितिमा भन्सार प्रशासकहरूको गुनासै–गुनासो

काठमाडौँ । भन्सार प्रशासनको काम गर्ने भन्सार प्रमुखहरूले अनावश्यक रूपमा दबाब सिर्जना हुँदा काम गर्ने वातावरण नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिमा भएको भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा बोल्दै भन्सार प्रशासकहरूले यस्तो गुनासो गरेका हुन् ।
उनीहरुले भन्सार ऐनलाई व्यवस्थित नबनाएसम्म भन्सार अधिकृतहरूले काम गर्ने वातावरण नभएको बताए । उनीहरुले भन्सार ऐनलाई डिजिटलाइज र डिजिटल प्रविधि बनाउन जरुरी रहेको बताए । भन्सार प्रशासकहरूले भन्सार ऐनमा रहेका कतिपय प्रावधानका कारण काम गर्ने वातावरण नभएको गुनासो गरे । उनीहरुले भन्सारमा बसेर पारदर्शी रूपमा कानुनी प्रक्रियामा काम गर्दा पनि दबाब तथा विभिन्न किसिमका टर्चर आउने गरेको उल्लेख गरे । उनीहरुले भन्सारमा व्यवसायीहरूले अनावश्यक दबाब दिने गरेको पनि बताए ।
बैठकमा बोल्दै भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सारमा केही समस्या हुँदा हुँदै पनि भन्सार अधिकृतहरूले उच्च मनोबलले काम गरिरहेको बताए । उनले काम गर्दा पनि भन्सारमा धेरै दबाब रहेको बताए । उनले भन्सार महानिर्देशक भएदेखि विभिन्न थ्रेडहरु आउन थालेकाले मानसिक रूपमा टर्चर भएको पनि सुनाए । उनले भन्सारमा बसेर काम गर्ने कि नगर्ने भन्ने विषयमा सोच्नुपर्ने बेला भएको उल्लेख गरे । उनले भन्सारका विषयमा आफूलाई आएका पत्र र म्यासेजहरू अर्थमन्त्रीलाई देखाउन मन लागेको उल्लेख गरे। उनले भन्सारका कर्मचारीले निष्पक्ष रूपमा कानुनी मापदण्डमा काम गरेता पनि निष्पक्ष रूपमा प्रताडित बन्नुपरेको बताए । उनले भन्सारका कर्मचारीलाई व्यवसायीहरूले प्रभाव, मेनुपुलेट गर्ने गरेको स्वीकार गरे । उनले व्यापारी व्यवसायीहरूको मानसिकता अझै पनि भन्सारलाई झुक्क्याउने प्रयास गर्ने रहेको जानकारी दिए । उनले उनीहरुले कम मूल्य निर्धारण मात्रै नभएर गलत मूल्य राख्ने काम समेत गर्ने गरेको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश बरालले पनि विमानस्थलको भन्सारमा नयाँ–नयाँ भन्सार समस्या रहेको बताए । उनले सरकारले विमानस्थल भन्सारबाट आयात हुने सामानहरूको विषयमा यकिन रूपमा तोकेर स्पष्ट बनाउनुपर्ने बताए । उनले पछिल्लो समय विमानस्थलमा वैदेशिक रोजगारी जानेहरूले ल्याउने सुनमा समेत कडाइ गरिएको बताए । उनले कडाइ गर्दा सामान्य रूपमा एक जना वैदेशिक रोजगारीमा गएको मानिसले तिस चालिस ग्राम सुन ल्याउन दिने कुरामा दुःख दिएको जस्तो लाग्ने तर हरेक यात्रुलाई त्यही सुविधा दिँदै जाँदा नेपालमा वैधानिक रूपमा सुन आयात नहुने अवस्था देखिएको बताए । उनले सेडिङमा हरेक यात्रुलाई तीन चार ग्राम सुन पठाएर नेपालमा जम्मा गरी यात्रुलाई पैसा दिने गरेको समेत खुलेको बताए । उनले सरकारले भन्सारका विषयमा कहाँ लचकता देखाउने र कहाँ कठोर बन्ने सीमा तय गर्नुपर्ने बताए । उनले औँठी, सिक्री र बाला ल्याउन नदिने भए कानुनमा स्पष्ट बनाउनुपर्नेमा जोड दिए ।
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले भन्सार प्रमुखलाई कानुनले गोली हान्ने अधिकार दिएको तर गोली हान्ने मान्छे ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले भन्सार बिन्दुमा आउने सामानहरू भन्सार छली रोक्न मेहनतका साथ लागेको बताए । उनले प्रविधिको हिसाबमा भन्सार कार्यालय अन्य कार्यालयहरू भन्दा कम नभएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता