विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह
बेलायत । नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । दूतावासले, बेलायतमा रहेका सम्पूर्ण सङ्घसंस्थालाई यही पुस २३ गतेभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । आगामी दिनमा नेपाली सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँग सहकार्य गर्ने उद्देश्यले विवरण अध्यावधिक गर्न लागिएको दूतावासले जनाएको छ ।
दूतावासद्वारा जारी सूचनामा भनिएको छ, “संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली सङ्घसंस्थारसङ्गठनको विवरण आवश्यक भएकाले सम्बन्धित लिङ्कमा गई ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक–उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।”
बेलायतमा रहेका सङ्घसंस्थासँग नेपाली समुदाय र नेपालको हितका लागि सहकार्य गर्न लालयित रहेको जनाउँदै समुदायबाट रचनात्मक सुझाव, सल्लाह केही भए उपलब्ध गराउनसमेत दूतावासले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण