सम्बन्ध विच्छेदको खबरबिच सँगै देखिए अभिषेक र ऐश्वर्या
मुम्बई । बलिउड जोडी अभिषेक बच्चन र ऐश्वर्या राय लामो समयदेखि डिभोर्सको खबरका कारण चर्चामा थिए । केही समयअघि छोरीको स्कुलको समारोहमा सँगै गएर सम्बन्ध विच्छेदको खबरलाई अन्त्य गरेका थिए ।
अहिले ऐश्वर्या र अभिषेकले नयाँ वर्ष सँगै मनाएका छन् । यी जोडी केही दिनअघि छुट्टी मनाउन गएका थिए तर शनिबार बिहान मुम्बई फर्किएका हुन् ।सार्वजनिक भएको भिडियोमा अभिषेक बच्चन, पत्नी ऐश्वर्या र छोरी आराध्यासँगै एयरपोर्टबाट बाहिर निस्किरहेको देखिन्छ । आमाबाबुसँग उनी रमाइलो गरिरहेको देखियो। एयरपोर्टमा अभिषेकले कारको ढोका खोलेर सुरक्षा गर्दै आफ्नी श्रीमती र छोरीलाई कारमा बसाएका थिए ।
ऐश्वर्या र अभिषेक हालै आफ्नी छोरी आराध्याको स्कुल समारोहमा सँगै गएका थिए । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
दुवैलाई फेरि एकै साथ देखेर फ्यान पनि निकै खुसी छन् । वास्तवमा केही समयदेखि उनीहरूको सम्बन्ध विच्छेदको खबर आएको थियो तर अब यी सबै हल्लाको अन्त्य हुन लागेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण