ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४-१ ले हरायो ।
ओल्ड ट्राफोडमा यो सिजन हारको खराब रेकर्ड बनाएको म्यान्सिटीले बल्ल लय पक्डिएको छ । यसअघि म्यान्सिटीले वर्षौंपछि ओल्ड ट्राफोडमा कुनै पनि प्रतियोगिताको लगातार खेल हारेको खराब रेकर्ड बनाएको थियो ।
शनिबार राती म्यान्सिटीलाई विजयी गराउन एर्लिङ्ग हालाण्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । एक गोल भने म्यान्सिटीले आत्मघाती उपहार पाएको थियो । खेलको १० औं मिनेटमा वेष्ट ह्यामका भ्लादिमिर कौफलले आत्मघाती गोल गरेका थिए ।
वेष्ट ह्याम कै लागि ७१ औं मिनेटमा निकलास फुलक्रुगले शान्त्वना गोल फर्काए । जितसँगै म्यान्सिटी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उसले चौथो स्थानको चेल्सी सरह १० खेल जितेको आँकडा बनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण