मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु
सोमबार, २२ पुस २०८१, ११ : ४०
मेक्सिको सिटी । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ ।
ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए ।
यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।
नोभेम्बर २०२४ मा पनि भिल्लाहेरमोसाको बारमा गोली हानाहान भएको थियो । सो घटनामा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण