पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउने हल्लाले सकारात्मक सन्देश दिँदैन : सुदन किराती
काठमाडौँ । माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केन्द्रित रहेर बोल्दै नेता सुदन किरातीले पार्टी धेरै बिग्रिसकेकाले प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।
‘यो प्रतिवेदन कार्यान्वयन गरेर पार्टीलाई रूपान्तरण र पुनर्निर्माण गर्न सके हाम्रो दु:खको अरालो यात्रा अन्त्य र सुखको उकालो यात्रा प्रारम्भ हुनेछ’, राईले भने, ‘आम मान्छेले बुझ्न र भन्न थालेका छन्-ः प्रचण्ड नेतृत्व सरकारले गरेको असल काम,ओली सरकारले गरेको खराब काम ।’ उनले कुनै पनि पार्टी र नेतृत्व राज्य सञ्चालनको आधार स्तम्भ हुने भन्दै आन्तरिक पार्टी जीवनको चर्चा गरे ।
उनले भने, ‘ओलीमा स्टालिन प्रवृत्ति देखिएको छ भने प्रचण्डमा लेनिन भन्दा पनि बढी जनवादी प्रवृत्तिले समग्रमा सकारात्मक परिस्थितिको घनत्व हाम्रो पक्षमा बढाएको छ ।’
माओवादीको कुशल नेतृत्वका कारण पार्टी सदस्यहरूमा गर्वको महसुस भएको भन्दै राईले देशको नेतृत्व गर्न अनुशासित र शक्तिशाली पार्टी चाहिने र त्यस्तो पार्टी निर्माणको लागी विचार र विधिको विकास गर्नुपर्नेमा राईले जोड दिएको एक केन्द्रीय सदस्यले बताए । ‘त्यसैले यही बैठकबाट विशेष अधिवेशनको मिति घोषणा गरौँ । केन्द्रीय समितिलाई आयोजक समितिमा बदलौँ,प्रचण्ड नेतृत्वको आवश्यकतालाई फेरि पुष्टि गरौँ’, राईको माग छ ।
राईले उपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश नगएको पनि बताएका छन् । ‘पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ । आलोचना भन्दा माथि राखौँ बरु पाठशाला बनाऊँ’, राईले नेतृत्वलाई सुझाव दिँदै भने, ‘हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौँ । उदाहरणीय बनाऔँ । १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण