अफशोर ड्रिलिङमा बाइडेनले लगाए स्थायी प्रतिबन्ध
वासिङ्टन डिसी । अमेरिकामा बाहिरिन लागेका राष्ट्रपति जो बाइडेनले तेल र ग्यासको अफशोर ड्रिलिङमा प्रतिबन्ध लगाएका छन् ।
सोमबार बाइडेनले एउटा कार्यकारी आदेश जारी गर्दै एट्लान्टिक र प्रशान्त महासागरतर्फको अमेरिकाको अधिकांश तटीय क्षेत्रमा यो प्रतिबन्ध लगाएका हुन् ।
प्रतिबन्धले ६२ करोड ५० लाख एकड क्षेत्रफललाई समेट्नेछ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न २ हप्ता मात्रै बाँकी रहँदा बाइडेनले यो निर्णय गरेका हुन् ।
ट्रम्पले अमेरिकामा जैविक इन्धनको उत्पादनमा व्यापक वृद्धि गर्ने वाचा गरेका थिए । यस्तो बाइडेनले एक्कासि यो कदम चालेका हुन् । स्थायी प्रतिबन्ध भएकोले ट्रम्पलाई यो प्रतिबन्ध उल्ट्याउन कठिन हुनेछ ।
यो प्रतिबन्धका कारण तेल कम्पनीहरूले नयाँ उत्खननका लागि पूर्वी तट, मेक्सिको खाडीको पूर्व, वासिङ्टन, ओरेजन र क्यालिफोनिर्याको तटीय क्षेत्रमा समुद्री क्षेत्र भाडामा लिन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण