अफशोर ड्रिलिङमा बाइडेनले लगाए स्थायी प्रतिबन्ध

वासिङ्टन डिसी । अमेरिकामा बाहिरिन लागेका राष्ट्रपति जो बाइडेनले तेल र ग्यासको अफशोर ड्रिलिङमा प्रतिबन्ध लगाएका छन् ।
सोमबार बाइडेनले एउटा कार्यकारी आदेश जारी गर्दै एट्लान्टिक र प्रशान्त महासागरतर्फको अमेरिकाको अधिकांश तटीय क्षेत्रमा यो प्रतिबन्ध लगाएका हुन् ।
प्रतिबन्धले ६२ करोड ५० लाख एकड क्षेत्रफललाई समेट्नेछ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न २ हप्ता मात्रै बाँकी रहँदा बाइडेनले यो निर्णय गरेका हुन् ।
ट्रम्पले अमेरिकामा जैविक इन्धनको उत्पादनमा व्यापक वृद्धि गर्ने वाचा गरेका थिए । यस्तो बाइडेनले एक्कासि यो कदम चालेका हुन् । स्थायी प्रतिबन्ध भएकोले ट्रम्पलाई यो प्रतिबन्ध उल्ट्याउन कठिन हुनेछ ।
यो प्रतिबन्धका कारण तेल कम्पनीहरूले नयाँ उत्खननका लागि पूर्वी तट, मेक्सिको खाडीको पूर्व, वासिङ्टन, ओरेजन र क्यालिफोनिर्याको तटीय क्षेत्रमा समुद्री क्षेत्र भाडामा लिन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?