माओवादी केन्द्रीय समिति बैठक आज पनि
मङ्गलबार, २३ पुस २०८१, ०६ : ४५

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । आइतबारदेखि राजधानीमा जारी बैठकको आज तेस्रो दिन पनि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आ आफ्नो धारणा राख्नेछन् ।
दोस्रो दिन सोमबार ८० जनाले आ–आफ्नो धारणा राखेका थिए । दोस्रो दिन अधिकांशले पार्टी सच्चिनुपर्ने, पार्टीमा युवाको सहभागिता बढाउनुपर्ने, पार्टीको सङ्गठन निर्माणमा ध्यान दिनुपर्ने लगायतका धारणा राखेका थिए ।
बोल्नका लागि कुल १८० जनाले नाम टिपाएको माओवादीले जनाएको छ । आइतबारको बैठकमा प्रचण्डले आफ्नो राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्यो छड्के चेक
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली
-
सरकारको १११ बुँदे नीति तथा कार्यक्रमको प्राथमिकता के हो ?
-
बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ
-
महिलाहरू घरभित्रै असुरक्षित