संविधान नै बदल्नतिर लागेर हामी कहीँ पुग्दैनौँ : उपमहासचिव ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको विषयले प्रवेश पाएको उल्लेख गरेका हुन् ।
उनले संविधान निर्माणपछि केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएको र मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको बताए । मुलुकमा यावत समस्याहरू रहेको बताउँदै क्रान्तिले जगाएको अपेक्षा र अहिले नागरिकलाई दिइएको सुविधाका बिचमा ठुलो खाडल रहेको जिकिर गरे ।
उनले भने, ‘हामी संविधानको १० औँ वर्षमा प्रवेश गरेका छौँ । यस बिचमा केही महत्त्वपूर्ण उपलब्धिहरू भएका छन् । मुलुक स्वाभाविक लयमा लोकतान्त्रिक अभ्यासमा गएको छ । हामीले दुई दुई पटक प्रतिनिधि सभा, प्रदेश सभाको चुनाव गरेका छौँ । उनीहरूले कति डेलिभरी गरेका छन्, बेग्लै कुरा होला । तर लोकतान्त्रिक अभ्यास स्मुथली रन गरिरहेको छ । धेरै कुराहरू भएका छन् । त्यसकै जगमा उभिएर हामीले समीक्षा गर्ने भनेका हौँ । मुलुकमा यावत समस्याहरू छन् । क्रान्तिले जगाएको अपेक्षा र अहिलेको हाम्रो डेलिभरीबिचमा ठुलो ग्याप छ ।’
उनले थपे, ‘हामी समाधान कहाँ खोजिरहेका छौँ भने संविधानबाटै सबै कुराको समाधान होस् भनेर सबै कुरा संविधान संशोधनमार्फत अहिलेका समस्याहरूको सम्बोधन गर्न खोजिरहेका जस्ता तर्कहरू पनि हामीले सुन्छौँ । त्यो गलत हो भन्ने मलाई लाग्छ । कति संविधानका अन्तर्निहित कमजोरीका कारणले आजको समस्या आएको छ । कति संविधानभित्र अभ्यास गर्ने हामी पात्रहरू, संस्थाहरू र हाम्रा प्रवृत्तिहरूले काम गरेको छ । सबै कुराको समाधान संविधानमा खोज्ने, संविधान संशोधनमा खोज्ने र समाधान भएन भने संविधान नै बदल्नतिर लाग्ने तरिकाले हामी कहीँ पुग्दैनौँ । संविधान संशोधन सबै चिजको समाधान हुन सक्दैन ।’
उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको निम्ति संविधान संशोधन गर्न खोज्दा संसद्को स्थिरता वा सरकार र सरकारले अवलम्बन गर्ने नीतिहरूको सङ्गतिबारे स्पष्ट हुनुपर्ने बताए । संविधान आफैँमा गतिशील दस्ताबेज भएको बताउँदै यसलाई अधिकतम लचिलो बनाउनुपर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण