पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका पुरुषलाई दिइयो उनकै मृत्युको प्रमाणपत्र

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक सेवाग्राहीलाई उनकै मृत्यु प्रमाणपत्र बनाएर दिएको पाइएको छ ।
उत्तर प्रदेशको हरदोई जिल्लामा पर्ने कोथावां विकास खण्डको अटावा गाउँ निवासी विश्वनाथकी पत्नीको १९ डिसेम्बर २०२४ मा निधन भएको थियो । विश्वनाथका अनुसार उनी पत्नीको मृत्यु प्रमाणपत्र बनाउन ग्राम पञ्चायत पुगेका थिए । ग्राम पञ्चायत सचिव सरिता देवीले विश्वनाथलाई विभिन्न बहानामा झुलाउँदै आएकी थिइन् ।
केही दिनपछि सचिव सरितादेवीले आफूसँग दुई हजार रुपैयाँ घुस मागेको विश्वनाथको दाबी छ । आफूले पैसा नदिएपछि जनवरी ३ का दिन सचिव सरितादेवीले प्रमाणपत्र आफूलाई दिएको तर त्यो आफ्नै मृत्युको प्रमाणपत्र रहेको उनले बताए ।
यसबारे विश्वनाथले जिल्लाधिकारीसमक्ष उजुरी गरेको र आरोपित ग्राम पञ्चायत सचिव सरितादेवीलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति
-
मधेसमा बालविवाहको अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू