पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका पुरुषलाई दिइयो उनकै मृत्युको प्रमाणपत्र
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा पत्नीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक सेवाग्राहीलाई उनकै मृत्यु प्रमाणपत्र बनाएर दिएको पाइएको छ ।
उत्तर प्रदेशको हरदोई जिल्लामा पर्ने कोथावां विकास खण्डको अटावा गाउँ निवासी विश्वनाथकी पत्नीको १९ डिसेम्बर २०२४ मा निधन भएको थियो । विश्वनाथका अनुसार उनी पत्नीको मृत्यु प्रमाणपत्र बनाउन ग्राम पञ्चायत पुगेका थिए । ग्राम पञ्चायत सचिव सरिता देवीले विश्वनाथलाई विभिन्न बहानामा झुलाउँदै आएकी थिइन् ।
केही दिनपछि सचिव सरितादेवीले आफूसँग दुई हजार रुपैयाँ घुस मागेको विश्वनाथको दाबी छ । आफूले पैसा नदिएपछि जनवरी ३ का दिन सचिव सरितादेवीले प्रमाणपत्र आफूलाई दिएको तर त्यो आफ्नै मृत्युको प्रमाणपत्र रहेको उनले बताए ।
यसबारे विश्वनाथले जिल्लाधिकारीसमक्ष उजुरी गरेको र आरोपित ग्राम पञ्चायत सचिव सरितादेवीलाई निलम्बन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण