जय ट्रफी क्रिकेट प्रतियोगिता
इमरान शेखलाई पछ्याउँदै बसिर अहमदले पनि अर्धशतक बनाए
बुधबार, २४ पुस २०८१, १४ : ३७
काठमाडौँ । दुई दिवसीय क्रिकेट प्रतियोगिता ‘जय ट्रफी पुरुष एलिट कप’ को बुधबार जारी खेलमा त्रिभुवन आर्मी क्लबका ब्याट्सम्यान बसिर अहमदले अर्धशतक बनाएका छन् ।
बसिर अहमदले बागमती प्रदेशविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् । उनी ६१ बलमा आठ चौकाको मद्दतले ५२ रन बनाउँदै क्रिजमा छन् । यसअघि यही खेलमा आर्मी क्लबका लागि इमरान शेखले पनि अर्धशतक बनाएका थिए । ओपनर ब्याट्सम्यान इमरान शेख ७२ रन बनाउँदै आउट भए ।
पेभेलियन फर्किनुअघि इमरान शेखले एक सय चार बलको सामना गरी ११ चौका हिर्काएका थिए । जारी जय ट्रफीमा एउटै पालीमा दुईजना ब्याट्सम्यानले अर्धशतक बनाएको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण