बहिनीले लगाएको शारीरिक शोषणको आरोप ओपनएआईका हाकिमद्वारा अस्वीकार
वासिङ्टन डिसी । च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । दाजुले आफूलाई एक दशकसम्म शोषण गरेको आरोप एनी अल्टम्यानले साममाथि लगाएकी हुन् ।
यस सम्बन्धमा एनीले संघीय अदालतमा मुद्दा नै दायर गरेकी छिन् । साम अल्टम्यान, उनकी आमा र भाइले एनीको आरोपको जवाफ दिएका छन् । तीनै जनाले बहिनीले दाजुमाथि लगाएको आरोपलाई झुटो भनेका छन् ।
बाल्यकालदेखि नै मिसौरीमा उनको शारीरिक शोषण सुरु भएको आरोप अदालतमा दायर भएको मुद्दामा एनीले लगाएकी छिन् । यो क्रम सन् १९९० देखि सन् २००० सम्म चलेको उनको भनाइ छ । तीन वर्षको उमेरदेखि नै आफ्नो यौन शोषण हुनलागेको अनि यो क्रम आफू नाबालिग हुँदासम्म जारी रहेको दाबी एनीले गरेकी छिन् । यसअघि एनीले सामाजिक सञ्जालमा भाइमाथि पनि यस्तै आरोप लगाएकी थिइन् ।
यी आरोपहरूको जवाफमा साम अल्टम्यानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लामै पोस्ट लेखेका छन् । बहिनीले लगाएको आरोपबाट आफूहरू दुःखी भएको र ती पूर्णतया झुटो भएको पोस्टमा भनिएको छ ।
पोस्ट मुद्दामा बहिनीले लगाएको आरोपप्रति आफू, आफ्नी आमा र भाइको जवाफ भएको पनि उनले लेखेका छन् । परिवारले एनीलाई निकै माया गर्ने र उसको भलाइबारे चिन्तित रहेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण