हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर
रौतहट । रौतहट स्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो लागेको छ। आगलागीबाट टिपर पूर्ण रूपमा जलेको छ भने टिपर चालक गम्भीर घाइते भएका छन्।
बिहीबार बिहान ८ बजेको जिल्लाको वृन्दावन नगरपालिका ४ स्थित क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारमा छुन पुग्दा करेन्ट लागेर टिपरमा आगलागी भएको हो ।
टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन्।
डीएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्नमाथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण