कालीकोटका ६ जनामा क्षयरोग पुष्टि
कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा ६ सय आठ जनाको क्षयरोग परीक्षण गरिएकामा ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने निःशुल्क क्षयरोग परीक्षण शिविरमा सञ्चालन भएको थियो ।
शङ्कास्पदमध्ये एक सय ८६ बिरामीको पुनः परीक्षण गर्दा ६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्टरोग सम्पर्क व्यक्ति पदम केसीले जानकारी दिए । “शङ्कास्पदको खकार पुनः परीक्षण जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट भएको हो”, उनले भने ।
थप एक सय शङ्कास्पद बिरामीको पुनःपरीक्षण बाँकी रहेको बताउँदै उनीहरूको जिल्ला अस्पतालको ‘जेनस्र्पोट’ उपकरणबाट परीक्षण गरिने नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ आधारभूत शाखाका क्षयरोग निवारणका संयोजक पुष्पराज पाण्डेले उल्लेख गरे । क्षयरोग सङ्क्रमण फेला परेका बिरामीलाई औषधि सेवन सुरु गरिएको उनले जानकारी दिए ।
कालीकोटमा वार्षिक रूपमा तीन सय बिरामीको परीक्षण हुनुपर्नेमा हाल एक सयको हाराहारीमा मात्र परीक्षण हुने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण