अस्ट्रेलियाको जङ्गलमा १३ दिनदेखि बेपत्ता युवक सकुशल भेटिए

ब्रिसबेन । अस्ट्रेलियाको जङ्गलमा १३ दिनदेखि हराइरहेका एक जना युवक सकुशल भेटिएका छन् । २३ वर्षीय हादी नजारीलाई उद्धारकर्ताहरूले बुधवार दिउँसो फेला पारेका हुन् ।
साथीहरूसँग सिड्नीको दक्षिणमा रहेको न्यु साउथ वेल्स राज्यको कोस्सिउस्ज्को नेशनल पार्कमा हाइकिङका लागि जाँदा डिसेम्बर २६ देखि नजारी हराएका थिए । फोटो खिच्न साथीहरूबाट छुट्टिएका उनी बाटो भुलेर आएनन् । नजारीलाई नदेखेपछि उनका साथीभाइले सोही दिन उनी हराएको उजुरी प्रहरीकहाँ दिएका थिए ।
हवाईजहाज र जमिन दुबैबाट ३ सय भन्दा धेरै जनाले खोज्ने प्रयास गरे पनि उनी भेटिएका थिएनन् । बेपत्ता भएको ठाउँबाट करिब १० किमी पर बुधवार दिउँसो ३ः१५ बजे नजारी भेटिएका छन् ।
जङ्गलमा भेटिएको दुई वटा ग्रानोला बार खाएर यतिका दिन आफू बाँचेको नजारीले बताए । आफूलाई खोजेकोमा उनी उद्धारकर्ताको टोलीप्रति कृतज्ञ थिए । बुधवार नै हेलिकप्टरबाट उद्धार गरेर नजारीलाई कमान्ड पोस्टमा ल्याइएको थियो । स्वास्थ्य जाँचको क्रममा उनी स्वस्थ पाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता
-
दलहरू आफैँ नसच्चिए प्रतिगमनको खतरा छ : लक्ष्मण पन्त