ला लिगामा रायो भायकानो विजयी
शनिबार, २७ पुस २०८१, ०४ : १९
काठमाडौं । स्पेनिस ला लिगामा राय भायकानोले सेल्टा भिगोलाई हराएको छ । शुक्रबार राती भएको खेलमा भायकानोले सेल्टालाई २-१ को संघर्षपूर्ण नजितामा हराएको हो ।
भायकानोका लागि खेलको पाँचौ मिनेट मै एड्री एम्बारबाले गोल गरे भने ६३औं मिनेटमा जर्ज डी फ्रूटोसले गोल गरे । सेल्टाको लागि पहिलो हाफमा बोर्जा इग्लोसियसले एक गोल फर्काए । यो जितपछि भायकानो अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ भने सेल्टा १२ औं स्थानमा छ ।
शीर्ष स्थानको रियाल मड्रिडको ४३ अंक हुँदा एटलेटिको मड्रिड ४१ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोना भने ३८ अंक बटुल्दै तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण