रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
मुम्बई । सन् २०२५ को पहिलो ठुलो बजेट फिल्म गेम चेन्जर हलमा रिलिज भएको छ । रामचरण र कियारा आडवाणी अभिनीत फिल्मलाई दर्शकहरूले उत्सुकताका साथ पर्खिरहेका थिए ।
त्यसैले गेम चेन्जरका सम्बन्धमा जनवरी महिनामा रिलिज हुने अधिकांश चलचित्रलाई चुनौती दिने बताइएको छ । फिल्ममा रामचरण र कियाराका अलावा अञ्जली, एसजे सूर्या, जयराम, श्रीकान्त र नस्सर जस्ता कलाकारको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।
रामचरणको फिल्मले ‘पुष्पा २’ को ओपनिङ डे कलेक्सनलाई नउछिने पनि यो वर्ष रिलिज भएको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । सकनिल्कको रिपोर्ट अनुसार गेम चेन्जरले पहिलो दिन भारतमा ५१.२५ करोड भारुको नेट कलेक्सन गरेको छ ।
निर्देशक एस शंकरले गेम चेन्जर मार्फत आफ्ना उत्कृष्ट फिल्महरूको इतिहास दोहोर्याउने प्रयास गरेका छन्। फिल्ममा राजनीतिक ड्रामाबाहेक सस्पेन्स र एक्सनको पूर्ण मिश्रण देख्न सकिन्छ । अहिलेको लागि, यो चलचित्र सप्ताहान्तमा कस्तो प्रदर्शन गर्छ हेर्न रोचक हुनेछ।
गेम चेन्जरको अनुमानित बजेट ४५० करोड रुपैयाँ रहेको बताइएको छ । हलमा रिलिज भएपछि फिल्म पाइरेसी साइटमा पनि लिक भएको छ । यसले फिल्मको बक्स अफिस कलेक्सनमा असर पार्ने अनुमान गरिएको छ । तर, पुष्प २ जस्ता ठुला चलचित्र अनलाइन लिक हुँदा पनि कीर्तिमानी कमाई गरेको इतिहास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले गरे पुटिनलाई आमनेसामने वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण