सिद्धान्त मिल्नेसँग पार्टी एकता हुन्छ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताएका हुन् ।
थापाले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे । उनले नेपाली नाम र पहिचान दिनुभएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गरे ।
उनले भने, ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । हामीलाई नेपाली नाम र पहिचान दिनुभएकोमा राष्ट्रनिर्माताप्रति कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु । राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ । हामी सबैले चिन्तन, मनन गर्नुपर्छ । एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?