सिद्धान्त मिल्नेसँग पार्टी एकता हुन्छ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले विचार, सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने पनि बताएका हुन् ।
थापाले राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक रहेको उल्लेख गरे । उनले नेपाली नाम र पहिचान दिनुभएको भन्दै राष्ट्रनिर्माताप्रति कृतज्ञता व्यक्त गरे ।
उनले भने, ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । हामीलाई नेपाली नाम र पहिचान दिनुभएकोमा राष्ट्रनिर्माताप्रति कृतज्ञता समेत व्यक्त गर्न चाहन्छु । राष्ट्रनिर्माताले राष्ट्रिय एकीकरण गर्नुको साथसाथै राज्यका सञ्चालनको निमित्त आर्थिक, सामाजिक, कूटनैतिक विषयमा जुन महत्त्वपूर्ण मार्गदर्शन अहिले पनि सान्दर्भिक छ । हामी सबैले चिन्तन, मनन गर्नुपर्छ । एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरेर छोड्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण