संसदीय समितिको बैठकमा सांसदहरू नआएपछि बैठक सञ्चालनमा समस्या
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेले समिति बैठकमा गणपूरक संख्या नपुग्दा अप्ठ्यारो परेको गुनासो गरेका छन् ।
आइतबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा समयमा सांसदहरू उपस्थित नहुँदा १५ मिनेटका लागि बैठक स्थगित गरेर दोस्रो बैठक बसेको हो ।
बैठकपछि सांसदहरूसँग गुनासो गर्दै अर्थ समितिमा आएका विधेयकहरूको जिम्मा सभापतिको मात्रै नभएको भन्दै सबै सदस्यहरूको दायित्व भएको स्मरण गराए । उनले चार दिनअघि बैठकको जानकारी दिँदा पनि एक तिहाइ सांसद पनि बैठकमा उपस्थित नहुँदा बैठक सञ्चालनमा समस्या भएको गुनासो गरे । उनले समयमा सांसदहरू बैठकमा जानकारी गराउने विषयमा सबै पार्टीका प्रमुख सचेतकहरूसँग छलफल गर्ने जानकारी दिए ।
उनले भने,‘अर्थ समिति बैठक राख्दा कहिल्यै पनि गणपूरक सख्या नपुग्ने अवस्था सिर्जना भएको छ । सबै पार्टीको केन्द्रीय कमिटी बैठक भएकाले समिति बैठक रोकेर राख्यौँ । चार दिनअघि बैठक बोलाउँदा पनि एक तिहाइ पनि संसद् बैठकमा उपस्थिति नहुने अवस्था सिर्जना भयो ।’
सभापति चालिसेले समितिमा अहिलेसम्म ५८ भन्दा बढी उजुरी परेको बताए । उनले समितिले उजुरीको विषयमा उपसमिति बनाएर काम गर्नेगरी अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण