आईपीएल २०२५ सिजनको खेल तालिका परिवर्तन
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ सिजनको खेल तालिका परिवर्तन भएको छ । आईपीएलको यो सिजन यसअघि मार्च १४ बाट सुरु हुने तय भएको थियो । तर अब यो मार्च २१ बाट सुरु हुने भएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाले दिएको जानकारी अनुसार आईपीएल २०२५ को पहिलो खेल २१ मार्चमा हुनेछ । फाइनल खेल मे २५ मा हुनेछ ।
यस पटकको सुरुवाती खेल र फाइनल खेल इडेन गार्डेनमा हुनेछ । आईपीएल २०२४ मा कोलकाता नाइट राइडर्स च्याम्पियन बनेको थियो । फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच भएको थियो । कोलकाताले दमदार प्रदर्शन गर्दै खेल ८ विकेटले जित्यो ।
रिपोर्टका अनुसार वुमन्स प्रिमियर लिग (डब्लुपीएल) २०२५ फेब्रुअरी ७ देखि मार्च २ सम्म खेलाउने तयारी गरिएको छ । यस पटक डब्लुपीएलका खेल चार सहरमा हुनेछन् । यसमा मुम्बई, लखनउ, बैंगलोर र वडोदरा समावेश छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण