बीआरआई सम्झौताबारे बुझ्न प्रधानमन्त्रीलाई समितिमै बोलाउनुपर्छ : निधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणका क्रममा भएका सम्झौताका दस्ताबेज आफूहरूलाई उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘चीन भ्रमणबारे बीआरआई सम्झौता भएको छ । जे जति सम्झौताको दस्ताबेज छ, हामीलाई उपलब्ध गराइयोस् । त्यसपछि हामी धारणा दिन सक्छौँ ।’
उनले चीन भ्रमण पहिले बीआरआई अनुदान बाहेक हुन्न भने प्रधानमन्त्रीको पनि प्रतिबद्धता रहेको बताउँदै अन्तिम चरणमा प्रमकै संलग्नतामा हस्ताक्षर भएको भन्ने सुन्नमा आएको बताए । प्रधानमन्त्रीकै हस्ताक्षर भएको कुरा सुन्नमा आएकोले त्यसबारे बुझ्न प्रमलाई नै समितिमा बोलाएर जानकारी लिनुपर्ने उनले बताए ।
निधिले भने, ‘भ्रमणमा जानुअघि पोखरा एयरपोर्टको लगानीबारे कुरा भएको थियो , त्यो रिक्वेस्ट भयो कि भएन ? त्यो जनताले जान्न चाहेको छ । ग्रान्डमा बदल्ने प्रस्ताव राख्न र छलफल गर्न हाम्रो प्रमले हिम्मत गर्नुभएन कि रुचि राख्नुभएन ? जवाफ चाहिनछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण