दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत
सोमबार, २९ पुस २०८१, १६ : ५१
काठमाडौँ । सरकारले खेलकुद मन्त्री तेजुलाल चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको विदेश भ्रमण स्वीकृत गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८१ माघ ६ गते मलेसियामा आयोजना हुने थारु एनुअल डे एण्ड कल्चरल माघी फेस्टिबल कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री चौधरीलाई स्वीकृति दिएको हो ।
त्यसैगरी २०८१ माघ १६ देखि १७ मा साउदी अरेबियाको रियादम आयोजना हुने मिनिस्टरियल राउण्डटेबल अफ द ग्लोवल लेबर मार्क कन्फ्रेन्समा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीलाई स्वीकृति प्रदान गरेको हो । बैठकले पारमाणविक पदार्थको नियमन सम्बन्धी निर्देशिका, २०७२ खारेज गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण