ग्वार्डिओला र श्रीमतीबिचको ३० वर्षको सम्बन्ध अन्त्य
मड्रिड । पेप ग्वार्डिओला र पत्नी क्रिस्टिना सेरा ३० वर्षपछि अलग भएको स्पेनमा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ । लामो समय सँगै रहेपछि म्यानचेस्टर सिटीका ५३ वर्षीय म्यानेजरले सेरासँग सन् २०१४ मा बार्सिलोनामा आयोजित एक समारोहबिच विवाह गरेका थिए । तर, अहिले उनीहरू अलग हुने निर्णय गरेका हुन् ।
यसबारे स्पेनिस पत्रिका स्पोर्टले पहिलोपटक समाचार प्रकाशित गरेको थियो । दुई जना सन् १९९४ देखि सँगै रहेका थिए । तर, पछिल्लो पाँच वर्षदेखि जोडी अलग बस्दै आएका थिए । सेरा तीन छोरीमध्ये एक १७ वर्षीया भ्यालेन्टिनासँग बार्सिलोना फर्किएकी थिइन् भने ग्वार्डिओला म्यानचेस्टरमा नै बस्दै आएका छन् ।
उनीहरूको अन्य सन्तानमा २४ वर्षीया मारिया र २२ वर्षीया मारियस रहेका छन् । सेरा ब्राजिलियन पत्रकार र लेखक हुन् । उनीहरू एउटै सहरमा नबसे पनि लामो समयदेखि सँगै रहेका छन् । उनीहरू विभिन्न समारोहमा सँगै उपस्थित हुँदै आएका थिए ।
स्पोर्टका अनुसार दुवैले डिसेम्बरमा आफ्नो विवाह अन्त्य गर्ने निर्णय लिएका थिए । यो निर्णयबारे उनीहरूको नजिककालाई मात्र थाहा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण