अपहरण मुद्दामा फरार भारतीय युवक पक्राउ
मङ्गलबार, ०१ माघ २०८१, १६ : ३३

काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २२ वर्षीय सुधीर कुमार कोइरी छन् ।
आरोपीलाई सर्लाहीको बलरा नगरपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको छ ।
२०८० वैशाख १० देखी फरार उनलाई थप अनुसन्धान र कारबाहीका लागी रौतहटमा पठाइएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर घरजग्गा कारोबार : माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन