क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
कतार । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दैलेख डुङ्गेश्वरकी ब्लड क्यान्सरबाट पीडित सीता रावललाई आर्थिक सहयोग गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज कतारका कोषाध्यक्ष खड्क बहादुर बुढाका अनुसार नेपाली रुपैयाँ २९,२६४ सहयोग रकम पठाई सकिएको बताए ।
क्यान्सर पीडित रावलको भारतको अहम्दावादस्थित सिभिल क्यान्सर अस्पतालको आईसीयूमा लामो समयदेखि उपचार भइरहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारको सहयोगको लागि सो रकम संकलन गरेको अन्तर्राष्ट्रिय नेपाली समाज, कतारका सचिव लेकेन्द्र कार्कीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीका अनुसार यस संगठनले पहिलेदेखि नै राहत तथा सहयोगहरू गरिरहेको बताए । उनका अनुसार संगठनले भैपरी आउने समस्याहरू र यस्ता सहयोग कार्यक्रमहरूमा सधैँ अग्रसर हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण