एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा

वासिङटन डीसी । अमेरिकी शेयर नियामक सेक्यरिटिज एन्ड एक्सचेञ्ज कमिशन (सेक)ले खर्बपति व्यापारी एलन मस्कमाथि मुद्दा हालेको छ । सन् २०२२ मा एक्स (त्यतिबेलाको ट्विटर) किन्नु अघि नै कम्पनीको शेयर किनेको कुरा सार्वजनिक नगरेको मामिलामा सेकले उनीमाथि मुद्दा हालेको हो ।
के छ सेकको आरोप ?
मस्कले एक्स किन्नुअघि नै यसको केही सेयर किनिसकेका थिए । यसबारे मस्कले सेकलाई जानकारी गराउनुपर्थ्यो, तर गरेनन् । नियम उल्लङ्घन गरेको आरोपमा सेकले मस्क विरुद्ध कानुनी कारबाही सुरु गरेको छ ।
मिडिया रिपोर्टका अनुसार मस्कले २०२२ को सुरुवातदेखि नै ट्विटरको शेयर किन्न थालेका थिए । मार्च २०२२ सम्ममा मस्कसँग ट्विटरको ५ प्रतिशतभन्दा बढी शेयरको स्वामित्व थियो । तर मस्कले अप्रिल ४ सम्म यो खुलासा नगरेको उजुरीमा भनिएको छ ।
यो नियमको उल्लङ्घन हो । मस्कले अक्टोबर २०२२ मा ट्विटर किने अनि पछि यसको नाम फेरेर एक्स राखे । सेकको मुद्दालाई उनका मस्कका वकिल अलेक्स स्पिरोले भने बनावटी भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेडी गागाको कन्सर्टमा २१ लाख दर्शक !
-
निर्माणाधीन संसद् भवनको अनुगमन, पुनः म्याद थप गर्नुपर्ने कारण देखाउन निर्देशन
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट
-
छाडा चौपायाको गोबर र गहुँतले सडक चाँडै भत्किरहेको छ : सांसद बलायर
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
पहलगाम हमलाको असर : पर्सास्थित नेपाल–भारत सिमानामा व्यापक कडाइ