बक्स अफिसमा फेल भयो राम चरणको गेम चेञ्जर
नयाँ दिल्ली । जनवरी १० मा भारतीय बक्स अफिसमा दुई फिल्म रिलिज भए– दक्षिण भारतीय अभिनेता राम चरणको ‘गेम चेन्जर’ र बलिउड अभिनेता सोनु सूदको ‘फतेह’ । तर दुवै फिल्मबाट फ्यानहरूले जस्तो अपेक्षा गरेका थिए त्यस्तो भएन ।
राम चरणको गेम चेन्जर बक्स अफिसमा एकदमै सुस्त गतिमा अगाडि बढिरहेको छ । सेल्कनिकको तथ्याङ्क अनुसार फिल्मले रिलिजको पाँचौँ दिनमा १० करोड १९ लाख भारु मात्रै कमाएको छ । फिल्मले हिन्दी भेगमा करिब २ करोड ९४ लाख भारु कमाएको थियो । ४५० करोड रुपैयाँको बजेटमा बनेको यो फिल्मले रिलिज भएको पाँच दिनसम्म बक्स अफिसमा १०६ करोड १५ लाख भारु मात्रै सङ्कलन गरेको छ ।
पाँच दिन अगाडि रिलिज भएको सोनु सूदको फिल्म फतेहको बक्स अफिसमा स्थिति खराब छ । फिल्मले पाँचौँ दिनमा १ करोड ६० लाख भारु कमायो । फिल्मले बक्स अफिसमा अहिलेसम्म जम्मा ९ करोड ३० लाख भारु मात्रै कमाउन सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण