चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...
केरल । भारतको केरलमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । चिकित्सकले मृत घोषणा गरेका व्यक्ति अन्ततः जीवित रहेको पाइएको हो ।
पवित्रन नाम गरेका ६७ वर्षीय पुरुषलाई सोमबार मंगलुरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था नाजुक रहेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारजनसँगको सल्लाह अनुसार नै चिकित्सकले भेन्टिलेटरबाट हटाएका थिए । त्यसलगत्तै चिकित्सकले पवित्रनलाई मृत घोषणा गरेका थिए । आवश्यक प्रक्रिया पूरा गरेपछि अस्पतालले परिवारलाई उनको शव हस्तान्तरण गरेको थियो । अन्त्येष्टिका लागि परिवारजनले गाउँमा शव लगे ।
रात परिसकेका कारण कन्नुरको एकेजी अस्पतालमा शव राखेर भोलिपल्ट अन्त्येष्टि गर्ने योजना बनाइयो । राति करिब ११ः३० मा एकेजी अस्पतालको मुर्दा घरमा शव राख्न लगिएको थियो । सोही क्रममा मृत भनिएका व्यक्तिले हात हल्लाए । त्यसपछि सघन उपचार कक्षमा लगेर उनको उपचार थालिएको बताइएको छ । हाल पवित्रनलाई चिकित्सकले गम्भीर निगरानीमा राखेर उपचार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण