२०२४ को चुनावबारे जुकरबर्गको टिप्पणीमाथि मेटाले भारतसँग माग्यो माफी
नयाँ दिल्ली । गएको वर्ष भारतमा भएको चुनावबारे मार्क जुकरबर्गको टिप्पणीलाई लिएर मेटा पछाडि हटेको छ । कम्पनीले यस विषयमा माफी मागेको छ ।
अनजानमा भएको गल्तीको लागि माफी चाहन्छौँ भनेर कम्पनीले भनेको छ । मेटा इन्डियामा सार्वजनिक नीति निर्देशकको रूपमा काम गर्ने शिवनाथ ठाकुरालले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गरी सीईओको तर्फबाट माफी मागेका छन् । ‘२०२४ को चुनावमा कयौँ सत्तारुढ दलहरू पुनः निर्वाचित भएनन् भन्ने मार्कको भनाइ धेरै देशहरूको लागि सत्य हो, तर भारतको हकमा होइन । अनजानमा भएको यस गल्तीका लागि हामी क्षमा चाहन्छौँ । भारत मेटाको लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण देश बनेको छ,’ उनले भनेका छन् ।
यसअघि भारतको चुनावमा मार्क जुकरबर्गको टिप्पणीलाई लिएर संसदीय प्यानलले कम्पनी विरुद्ध समन जारी गर्ने निर्णय गरेको थियो । एक दिन अघि सोमबार, केन्द्रीय मन्त्री अश्विनी वैष्णवले फेसबुकका संस्थापक मार्क जुकरबर्गमाथि जवाफी प्रहार गरेका थिए । कोभिड–१९ को महामारीपछि भारतसहित अधिकांश देशका वर्तमान सरकारहरूले २०२४ मा चुनावी हारको सामना गर्नुपरेको थियो भनेर जुकरबर्गले भनेका थिए । उनको अभिव्यक्ति तथ्यगत रूपमा गलत भएको मन्त्री वैष्णवले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण