मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित
काठमाडौँ । तेस्रो एकदिवसीयमा भारतीय महिला क्रिकेट टोलीले आयरल्याण्डको महिला टोलीमाथि कीर्तिमानी जित हासिल गरेको छ । योसँगै टोलीले ३ खेलको शृङ्खला ह्वाइट वास गर्न पनि सफल भएको छ ।
बुधबार भएको खेलमा भारत ३ सय ४ रनको विशाल अन्तरले विजयी भयो । रनको हिसाबले टोलीको यो सबैभन्दा ठुलो जित हो । यसअघि सन् २०१७ मा भारतले आयरल्याण्डलाई नै २ सय ४९ रनले हराएको थियो ।
भारतले प्रस्तुत गरेको ४ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड ३१.४ ओभरमा मात्र १ सय ३१ रनमा सीमित बन्यो । टोलीका लागि ओपनर सारा फोर्ब्सले सर्वाधिक ४१ रनको योगदान दिइन् । उनले ४४ बलको सामना गर्दै ७ चौका प्रहार गरिन् ।
ओर्ला प्रेन्डेरगास्टले ४३ बलमा ३६ रन जोडिन् । लिय पलले १५ तथा लाउरा डेलानीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि दीप्ति शमाले ८.४ ओभर बलिङ गर्दै ३ विकेट लिइन् । उनले २ ओभर मेडेन राख्दै २७ रन मात्र खर्चिइन् । त्यस्तै, तनुजा कँवरले २ तथा तिलास साधु, सयाली सत्घारे र मिन्नु मानीले १–१ विकेट लिए ।
यसअघि, कप्तान स्मृति मन्धाना र प्रतिका रावलको धुवाँदार ब्याटिङको मद्दतले भारतले ५ विकेटको क्षतिमा ४ सय ३५ रन बनाएको थियो । एकदिवसीयमा भारतले बनाएको यो सबैभन्दा ठुलो स्कोर पनि हो ।
टोलीले पहिलोपटक ४ रनको कोशेढुंगा पार गर्न सफल भयो । यसअघि टोलीको उच्च स्कोर ५ विकेटको क्षतिमा ३ सय ७० रन रहेको थियो । जुन टोलीले आयरल्याण्डविरुद्धकै अघिल्लो खेलमा बनाएको थियो ।
मन्धाना र प्रतिकाले भारतलाई उत्कृष्ट सुरुवात दिलाउँदै पहिलो विकेटका लागि २ सय ३३ रनको साझेदारी गरे । यो भारतका लागि कुनै पनि विकेटमा गरिएको तेस्रो ठुलो साझेदारी थियो ।
मन्धानाले ७० बलमा शतक बनाउँदै भारतका लागि सबैभन्दा चाँडो शतक बनाउने महिला खेलाडी बनिन् । उनले ८० बलमा १ सय ३५ रन जोडेर पभेलियन फर्किइन् । आफ्नो इनिङ्समा उनले १२ चौका र ७ छक्का प्रहार गरिन् ।
रावलले १ सय २९ बलमा १ सय ५४ रन जोडिन् । उनले २० चौका र १ छक्का हिर्काइन् । विकेट किपर ऋचा घोषले ४२ बलमा ५९ रन बनाइन् ।
आयरल्याण्डका लागि ओर्ला प्रेन्डेरगास्टले २ विकेट लिइन् भने अर्लेन केली, फ्रेया सारजेन्ट र जर्जिना डेम्पसेले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण